प्रधानमन्त्री ओली अस्पतालमा

प्रधानमन्त्री ओली अस्पतालमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन्।

यस अघि चार दिनको उपचारपछि डिस्चार्ज भएका ओली ३९ दिनपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँच लागि पुगेका हुन्।

प्रधानमन्त्री ओलीको  मुटु जाँच गरिएको मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले जानकारी दिए ।  प्रधानमन्त्री ओलीको ‘इसीजी’ र ‘इको’ गरिएको छ, त्यसको रिपोर्ट सामान्य आएको छ। चिकित्सकहरुले धेरै दौडधूप नगर्न र खानपानमा विशेष ख्याल गर्न भने सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीको करिव ११ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Logo