प्रधानमन्त्री भन्छन्, ‘सरकारको विरोध गर्नेलाई काम गरेर जवाफ दिन्छौं’

प्रधानमन्त्री भन्छन्, ‘सरकारको विरोध गर्नेलाई काम गरेर जवाफ दिन्छौं’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। नेपाल प्रगतिशिल इन्जिनियर एशोसिएशनका पदाधिकारीसँग शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले इन्जिनियर पेसालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनु पर्नेमा जोड दिए। सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीले बताए। राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यको रूपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ।

वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। सरकारले जनताको पक्षमा काम गरिरहेको भन्दै विरोधीहरुलाई काम गरेर जवाफ दिने बताए । प्रधानमन्त्रीलाई भेट्न एशोसिएशनका अध्यक्ष शम्भू बहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएको छ।

Logo