दाङकी एक महिलाले एकैपटक तीन बच्चालाई जन्म दिएकी छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कोठरी निवासी गौमती बुढाले नेपालगञ्ज मेडिकल कलेजमा तीन बच्चाको जन्म दिएकी हुन् ।
जन्मिएका बच्चाहरुमा पहिलो सन्तानको रुपमा एउटा छोरा र दुईवटी छोरीको जन्म दिएकी हुन् । अहिले आमा र तीनवटै बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको छ। तीनवटै बच्चाको तौल २ दशमलब ५ किलोभन्दा बढी रहेको छ ।
स्वास्थ्य राम्रो रहेकाले उनीहरुलाई घर पठाइएको नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले जानकारी दिए ।
फोटो: सांकेतिक





























प्रतिक्रिया