रुपन्देहीमा पांच वर्षिय बालिकाको सामुहिक बलात्कार भएको छ । देवदह नगरपालिका खैरेनी बजारकी दलित समुदायकी ५ बर्षिया बालिकामाथि शुक्रबार राति ६ जना युवाद्धारा सामूहिक बलात्कार भएको हो ।
बलात्कारको आरोपमा गएराती नै प्रहरीले देवदह नगरपालिका–६ का २२ बर्षिय लक्ष्मण बिक र वडा ७ का १८ बर्षिय जीवन खत्रीलाई पक्राउ गरिएको छ । वालिकाको लुम्विनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ।
पक्राउ परेका ती दुई जनाले बलात्कार गरेको स्वीकार गरेको र अन्य चार जनाको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए ।





























प्रतिक्रिया