केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

पूर्वमन्त्रीबिरुद्ध भ्रष्टाचार मुद्धादेखि गोली हानाहानसम्म

पूर्वमन्त्रीबिरुद्ध भ्रष्टाचार मुद्धादेखि गोली हानाहानसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

पूर्वमन्त्रीसहित २१ जनाबिरुद्ध २ अर्बको भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेको सिक्टा सिँचाइ आयोजनामा सरकारलाई हानी नोक्सानी पुर्याएको भन्दै पूर्वमन्त्रीसहित २१ जनाबिरुद्ध विशेष अदालत काठमाडौं मुद्धा दायर गरेको छ। अख्तियारका प्रवक्ता रामेश्वर दंगालले पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेसहित २१ जनाबिरुद्ध १३ करोड ७६ लाख ७९ हजार ९२० रूपैयाँ जरिवाना माग गर्दै मुद्दा दायर गरिएको जानकारी दिए ।

‘बादशाहको नयाँ लुगा’ कथामा के छ त्यस्तो ?

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली आलोचनाको शिखरमा छन् । सामाजिक सुरक्षा योजनाको प्रचार, निर्मला काण्डदेखि एसिया प्यासिफिक सम्मेलनलगायतका बिषयमा चर्को आलोचना भैरहेका बेला प्रधानमन्त्री ओलीले बुद्दिजिविलाई थला पारि दिने अभिव्यक्ति दिएपछि थप आलोचना हुन् थालेका हो । प्रधानमन्त्री ओलीले यस अघि पनि बुद्दिजिवीहरुमाथि व्यंग्यात्मक टिप्पणी गरेका थिए। ओलीको पछिल्लो अभिव्यक्तिमाथि नया शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पनि आलोचना गरेका छन् । ‘प्रम र वरपरकाले आफ्ना आलोचकहरूलाई थला पारिदिने, जुगाको स्याउँस्याउँ, एनजीओको ट्याउँट्याउँ आदि भन्नु अशोभनीयमात्र नभएर लोकतान्त्रिक संस्कार विपरित भयो है । कि हिजो राजतन्त्रविरूद्ध लड्नु बेठीक भन्नुपर्‍यो, कि लोकतन्त्रमा विरोध सहन सक्नुपर्‍यो । प्रमले पुनः ‘बादशाहको नयाँ लुगा’ कथा पढ्ने कि ?’

रातोपुलमा गोली हानाहान

‘ब्याज युद्ध’ बारे जनता बैंकका डेपुटी सिइओलाई १३ प्रश्न

वाणिज्य बैंकहरुबीच यतिबेला ‘ब्याज युद्ध’ चलिरहेको छ । गत मंगलवार नेपाल बैंकर्स एशोसिएसनले भद्र सहमति तोड्ने निर्णय गरेसँगै बैंकहरुले मुद्धती निक्षेपमा ब्याजदर बृद्धि गर्न थालेको हो । आजसम्म ५ वटा बैंकले ब्याजदर बृद्धि गरीसकेका छन् । अहिलेसम्म अधिकतम ब्याजदर साढे १३ प्रतिशत पुगेको छ । निर्णय भएकै दिन जनता बैंकले १२ प्रशित ब्याजदर घोषणा गरेको थियो ।

वाणिज्य बैंकहरुको शेयर मूल्य घट्यो, कसको कति ?

शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर रु दुई समयभन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सेञ्चुरी कर्मसियल बैंकको शेयर कमजोर देखिएको छ । सो बैंकको शेयर प्रतिकित्ता रु १७० मा कारोवार भएको थियो । सिभिल बैंकको शेयर प्रतिकित्ता रु १५८, जनता बैंकको रु १७४, एनसिसी बैंक रु १९९, नेपाल बङ्गलादेश बैंक रु १८९, मेघा बैंक रु १८६ मा कारोवार भएको छ ।

नाचेर विश्व रेकर्ड राखेकी बन्दना के भन्छिन् ? (भिडियो अन्तर्वार्ता)

वाइड बडी घोटालाकाण्ड छानबिनको माग गर्दै नयाँ शक्तिको प्रदर्शन

नयाँ शक्ति पार्टी नेपालले वाइड बडी विमान खरिदमा भएको भनिएको अनियमितता छानबिन माग गर्दै प्रदर्शन गरेको छ । पार्टीले नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालय सुन्धाराअगाडि शुक्रबार प्रदर्शन गरेको हो। प्रदर्शनकारीले ‘लाउडा, धमिजा वाइड बडी, कति गर्छौ गडबडी ?ʼ लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

सामाजिक सुरक्षा योजनामा १९६ उद्योग आबद्ध (सूचीसहित)

‘ब्याज युद्ध’ मा सेञ्चुरी बैंकको आक्रामक प्रहार

जानकारी नगराई श्रीमती माईत पठाएको भन्दै बुबा र ठूलो बुबाको हत्या, आमा घाइते

जाडोमा पियंका जोडीको ‘हट एण्ड विकिनी’ रुप, बन्यो भाईरल

फ्राइडे फिल्म: नम्रता र झरनाको प्रतिस्पर्धा

गायक मिक्का सिंह पक्राउ

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo