त्रिवि आमसञ्चार तथा पत्रकारिता विभागमा तालाबन्दी

त्रिवि आमसञ्चार तथा पत्रकारिता विभागमा तालाबन्दी

केन्द्रबिन्दु
0
Shares

कक्षा कोठाको व्यवस्था गर्न माग गर्दै आमसञ्चार तथा पत्रकारिताअन्तरगत स्नातकोत्तर तहको दोस्रो सेमेष्टरका विद्यार्थीहरुले त्रिवि आमसञ्चार तथा पत्रकारिता विभागमा तालाबन्दी गरेका छन् ।

पहिलो सेमेष्टर देखि नै कक्षा कोठाको व्यवस्था नभएको भन्दै उनीहरुले उपयुक्त कक्षाकोठाको माग गरेका छन्। उनीहरुले एक बिज्ञप्ति जारी गर्दै उपयुक्त कक्षाकोठा ब्यबस्था नभएसम्म कक्षा बहिस्कार गर्ने जनाएको छ।

‘हामीलाई उपयुक्त कक्षाकोठाको ब्यबस्था नगरिएसम्म पढाई बहिस्कार गर्दै विभागमा ताला लगाउन बाध्य भएका हौ। ‘ बिज्ञप्तिमा भनिएको छ।  उनीहरुले मागको उचित सम्बोधन नभएसम्म तल नखोल्ने चेतावनी पनि दिएका छन्।

Logo