निर्मलाको न्यायका लागि महेन्द्रनगरमा दिउँसै ‘टर्च’ बालेर प्रर्दशन

निर्मलाको न्यायका लागि महेन्द्रनगरमा दिउँसै ‘टर्च’ बालेर प्रर्दशन

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । निर्मला पन्तले चार महिना वितिसक्दा पनि न्याय नपाएको भन्दै कञ्चनपुरमा अधिकारकर्मीले टर्च बालेर प्रर्दशन गरेका छन् । बलात्कारपछि हत्या भएको चार महिनासम्म पनिा निर्मलाले न्याय नपाएको भन्दै महेन्द्रनगरमा कञ्चनपुरका अधिकारकर्मीहरुले दिउँसै टर्च बालेर प्रर्दशन गरेका हुन् ।

पीडित परिवारले धर्ना दिइरहेको जिल्ला प्रशासन कार्यालय अगाडिबाटै अधिकारकर्मीले टर्च बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारी टर्च बालेर जिल्ला प्रशासन कार्यालय परिसर प्रवेश गरेका थिए।

अधिकारकर्मीले चार महिनासम्म पनि हत्यारा पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन् । प्रशासन कार्यालयको परिसरभित्र ३० मिनेटजति धर्नासहित नारावाजी गरेका अधिकारकर्मीले त्यसपछि टर्च बालेरै प्रदर्शन गरेका हुन्।

चरणवद्ध आन्दोलनका घोषणा गरेका अधिकारकर्मीले दुई दिन कालोपट्टी बाधेर धर्ना दिएका थिए । कञ्चनपुरसहित देशभर निर्मलाको न्यायका लागि आन्दोलन जारी छ ।  साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मलाको हत्या भएको १ सय ३० दिन बितिसकेको छ।

साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मलाको साउन ११ बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

Logo