मकवानपुर । हेटौंडामा एक बालिकाको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका १९ स्थित नेवारपानीमा एक बालिकाको शव फेला परेको हो । नेवारपानीस्थित राप्ती खोलामा मंगलबार बिहान बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी डेढ–दुई वर्षको बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय नेवारपानीका इन्चार्ज प्रहरी नायब निरीक्षक अशोकुमार यादवले जानकारी दिए ।
स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिलेसम्म बालिकाको पहिचान हुन नसकेको यादवले बताए । बालिकाको शव प्रहरीले हेटौंडा ल्याएको छ । शव थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया