राजधानी मै फेरि अर्की बालिका बलात्कृत

राजधानी मै फेरि अर्की बालिका बलात्कृत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंमा १४ वर्षिया बालिका बलात्कृत भएकी छन् । मंगलबार बिहान २ बजे काठमाडौंको रानीबारीमा मकवानपुर हेटौंडाकी घर भई रानीवारीमा डेरागरी बस्ने बालिका बलात्कृत भएकी हुन् ।

बलात्कार गरेको आरोपमा प्रहरीले रौतहटको राजदेवी नगरपालिका ८ का १७ वर्षीय धर्मेन्द्र यादव पक्राउ परेका छन् । अभिभावक नभएको मौका पारी उनकै कोठामा गएर यादवले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल तथा पीडित  बालिकालाई थापाथलीस्थित प्रसूति गृहमा पठाइएको लैनचौरस्थित महानगरी प्रहरी वृत्तले जनाएको छ । यसअघि पनि नेपालटार, गोकर्णेश्वर लगायतका क्षेत्रमा बालिकाहरुमाथि बलात्कार भएको थियो ।

Logo