विश्व अपांगता दिवस मनाईदै

विश्व अपांगता दिवस मनाईदै

केन्द्रबिन्दु
0
Shares

२७ औं विश्व अपांगता दिवस् नेपालका पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्बर ३ तारिक अर्थात् आजको दिन मनाईने यो दिवस नेपालले पनि हरेक वर्ष मनाउँदै आइएको छ ।

यसै अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नयाँ संविधानले अपांगता भएका व्यक्तिहरुको हक, अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सरकार प्रतिवद्ध रहेको बताइन् ।

उनले समाजमा पछाडि परेका अपांगलगायतका समुदायको हित र उत्थानका लागि सरकारले संवेदनशील भएर काम गरिरहेको दावी पनि गर्नु भयो । मन्त्री थापाले अपांगता भएका व्यक्तिहरुको उत्थानका लागि आवश्यक ऐन, कानुन निर्माणको कामलाई सरकारले तीव्रता दिईरहेको पनि बताइन् ।

राष्ट्रिय जनगणना अनुसार नेपालमा हाल ५ लाख अपांगता भएका व्यक्तिहरु छन । उनीहरुको उत्थानका निम्ति नयाँ संविधानले उनीहरुलाई राज्यको सबै निकायमा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ ।

मन्त्री थापाले संविधानमा गरिएको सो व्यवस्थालाई कार्यान्वयनमा लैजान सरकार गम्भिर रहेको बताइन् । यस वर्ष सरकारले अपांगता भएका व्यक्तिहरुलाई राज्यका हरेक निकायमा समावेश गर्ने प्रतिवद्धतासहित यो दिवस मनाएको छ ।

Logo