संवैधानिक परिषदको बैठक स्थगित भएको छ। भावी प्रधानन्यायाधीश सिफारिस गर्ने र ८ आयोगका विषय निर्णय गर्ने एजेन्डासहित बोलाइएको बैठक विषय प्रवेश गरेलगत्तै स्थगित भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी केन्द्रीय समिति बैठक रहेकाले सबै विषयमा छलफल गर्न नभ्याइने भन्दै बाहिरिएका थिए। देउवा बाहिरिएपछि बैठक स्थगित भएको हो ।
प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम रोस्टरअनुसार पठाएको छ ।





























प्रतिक्रिया