आज सत्ताइसौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : राष्ट्रपतिको शुभकामना

आज सत्ताइसौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : राष्ट्रपतिको शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा अधिकारमुखी दृष्टिकोणबाट हेर्दै विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ ।

सत्ताइसौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले संयुक्त राष्ट्रसङ्घीय अपाङ्गता सम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चितताका लागि अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल गर्न जरुरी रहेको जनाइएको छ ।

शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना र कानून, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागिताजस्ता विषयलाई आत्मसात् गरी स्रोतसाधन लगायत आवश्यक कुराको प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजानेतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

सन्देशमा राष्ट्रपतिले यस अवसरमा यस क्षेत्रमा काम गर्ने नागरिक समाज, अपाङ्गता भएका व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत सबैलाई यस क्षेत्रमा अझ क्रियाशील भई काम गर्न थप उत्प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ । ‘अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण तथा समावेशिता र समानताको सुनिश्चितता’ भन्ने मूल अन्तरराष्ट्रिय नारा तथा ‘मलाई गणना गर, समावेश गर’ भन्ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रम आयोजना गरी सोमबार (आज) अपाङ्ग दिवस मनाइँदैछ ।
रासस

Skip This
Skip This
Logo