दाङ । प्रहरीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा दाङका ४ कार्यकर्तालाई पक्राउ गरेको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि सडकमा उत्रिएका विप्लवका ४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । "/>

निर्मलाको लागि न्याय माग्न सडकमा उत्रिएका विप्लव कार्यकर्ता पक्राउ

निर्मलाको लागि न्याय माग्न सडकमा उत्रिएका विप्लव कार्यकर्ता पक्राउ

केन्द्रबिन्दु
0
Shares

दाङ । प्रहरीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा दाङका ४ कार्यकर्तालाई पक्राउ गरेको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि सडकमा उत्रिएका विप्लवका ४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नेकपा दाङ जिल्ला सचिवालय सदस्य किरण डाङी, एकराज चौधरी, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रिति चौधरी लगायतका रहेका छन् ।

निर्मलाको न्यायका लागि भन्दै विप्लव पार्टीले आज देशभर विरोध प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार दाङमा आयोजित विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

बलात्कारपछि हत्या भएको चार महिना पुगिसक्दा पनि दोषी पत्ता लाग्न नसकेको भन्दै नेकपाले विरोध प्रदर्शन गरेको हो । निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरबासीले शनिवार आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

नेकपाले अपराधीलाई राज्यले नै संरक्षण गरेको आरोप लगाउँदै आएको छ । राज्यले देखाएको लाचारी, गैरजिम्मेवारीपना र अपराधीलाई संरक्षण गर्ने गतिविधिले सम्पूर्ण आम नेपाल जनसमुदायलाई लज्जित तुल्याएको नेकपाको ठहर छ ।

यसअघि पार्टी पुनर्गठन दिवसको अबसरमा काठमाडौंमा आयोजना गरिएको जनसभामा पार्टी प्रवक्ता प्रकाण्डले निर्मलाको हत्यामा सरकारी मान्छेको संलग्नता रहेको भन्दै दोषीलाई आफ्नो पार्टीले कारवाही गर्ने चेतावनी दिएका थिए । उनले सरकारमै मान्छेले निर्मलाको बलात्कार र हत्या गरेको दावी गर्दै पार्टीले दोषी पत्ता लगाएर जनकारवाही गर्ने चेतावनी दिएका थिए ।

निर्मलाको न्यायका निम्ति विप्लव माओवादीले थाल्यो सडक आन्दोलन

Logo