हेल्लो सरकारमा गुनासाका चाङ वढ्दै

हेल्लो सरकारमा गुनासाका चाङ वढ्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अहिले काठमाडौंमा एसिया प्यासिफिक शिखर सम्मेलन चलिरहेको अवस्थामा प्रधानमन्त्री कार्यालयमै रहेको हेलो सरकार युनिटमा गाउँगाउँमा धर्म प्रचार गर्दै धर्म परिवर्तन गर्ने काम भइरहेको भन्दै रोक्न माग सहितको दर्जनौं उजुरी आइरहेका छन् । यो सम्मेलन पनि धर्म प्रचारका लागि गरिएको आरोप लाग्दै आइरहेको छ ।

प्रधानमन्त्री कार्यालयको हेलो युनिट कक्षमा पछिल्लो एक महिना यता आएका गुनासाका चाङमध्ये धर्म प्रचार रोक्नुपर्ने, जंगे पिलर खोज्नुपर्ने सहितका गुनासाहरू निकै संवेदनशील र महत्वपूर्ण भए पनि ती गुनासाको उचित सम्बोधन भने हुन सकेको छैन ।

हेलो सरकार युनिट शाखाका अनुसार कार्यालयमा एक महिनाको अवधिमा यस्तै प्रकृतिका झन्डै १ हजार गुनासा दर्ता भएका छन् । तर दर्ता भएका मध्ये अधिकांश गुनासाको सम्बोधन हुन सकेको छैन । हेलो सरकार युनिटका प्रमुख उपसचिव प्रद्युम्न उपाध्यायले प्रधानमन्त्री कार्यालयमा प्राप्त भएका गुनासा सम्बोधन गर्न सम्बन्धित मन्त्रालयमा पठाइए पनि मन्त्रालयहरुले गम्भीरतापूर्वक नलिँदा जनताका उजुरीहरुको उचित सम्बोधन हुन नसकेको बताए ।

हेलो युनिट शाखा प्रमुख उपाध्यायका अनुसार पछिल्ला दिनमा उजुरी र गुनासा आउने क्रम बढेको छ । धर्म प्रचार रोक्न तथा भारतको सीमामा रहेका जंगे पिलरहरुको संरक्षण गर्ने माग सहितका उजुरी आउने क्रम बढेको उपसचिव उपाध्यायले जानकारी दिए ।

हेलो सरकार युनिट शाखामा परेका गुनासामध्ये १२ हजार ३६८ को सम्बोधन हुन नसकेको सो शाखाले जनाएको छ । हालसम्म हेलो सरकार युनिटमा ८० हजार गुनासा आएका छन् । नागरिकका विभिन्नखाले गुनासा तत्काल सम्बोधन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सात वर्षअघि यसको सुरुवात भएको थियो । हेलो सरकार कार्यक्रम तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मुख्य सचिव लिलामणि पौडेलको पहलमा १७ कात्तिक ०६८ देखि सञ्चालनमा ल्याइएको थियो ।
राजधानीबाट

Logo