पोखरा
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै पोखरामा पनि प्रर्दशन गरिएको छ । निर्मलाको तस्बिरसहित ‛सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर लिएर पोखरेली युवा प्रदर्शनमा उत्रिएका थिए ।
न्यायको माग गर्दै प्रदर्शनमा सहभागी युवाले पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल क्षेत्रमा न्यायको माग गर्दै बनाईको निर्मला पन्तको तस्बिर सहितको पोस्टर टाँसेका थिए । बलात्कारविरुद्ध राष्ट्रिय अभियान अन्तर्गत पोखरामा पनि न्याय माग्दै पोष्टर टाँस्दै युवा प्रदर्शनमा उत्रेका थिए ।
न्यायको माग गर्दै टाँसिएको पोष्टर च्यातेपछि युवा आक्रोसित भएका थिए । प्रहरीसँग भनाभन भएपछि प्रहरीले माथिको आदेश भन्दै पोस्टर च्यातेको थियो । युवा अघि अघि पोस्टर टाँस्दै हिँड्दा प्रहरीले पछिपछि पोस्टर च्यात्दै हिँडेका थिए । बलात्कार जस्तो जगन्य अपराध गर्नेलाई पक्राउ गरी कानुनी कारवाहीको माग राख्दै टाँसिएको पोस्टर प्रहरीले च्यात्दै हिँडेपछि युवा आक्रोसित भएका हुन् ।
न्याय माग्दै टाँसीएको पोस्टर च्यात्नु बलात्कारीलाई नै प्रशय दिने काम भएको प्रदर्शनमा सहभागी सौगात पोखरेलले बताए । प्रदर्शनमा सहभागीलाई सम्बोधन गर्दै पोखरेलले ओली सरकार निरंकुश बन्दै गएकाले युवा न्यायका लागि एक जुट हुन अनुरोध गरेका थिए । निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई प्रक्राउ गर्न सरकार असफल भइरहेकाबेला पोखरेली युवा न्यायका लागि सडकमा उत्रेका हुन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया