कञ्चनपुरमा फेरि १० वर्षकी बालिका बलात्कृत भएकी छन्। पुर्नबास नगरपालिका–१० मा बालिकालार्इ बलात्कार गरेको आरोपमा स्थानीय ६९ वर्षीय ओम प्रकाश पौडेल पक्राउ परेका हुन् । "/>

कञ्चनपुरमा १० बर्षिय बालिका बलात्कृत

कञ्चनपुरमा १० बर्षिय बालिका बलात्कृत

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरमा फेरि १० वर्षकी बालिका बलात्कृत भएकी छन्। पुर्नबास नगरपालिका–१० मा बालिकालार्इ बलात्कार गरेको आरोपमा स्थानीय ६९ वर्षीय ओम प्रकाश पौडेल पक्राउ परेका हुन् ।

पौडेलले मंसिर ११ गते स्कुलबाट घर फर्किरहेको समय बालिकालाई बलात्कार गरेको उजुरीमा उल्लेख छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर वमले पौडेललाई उजुरीपछि पक्राउ गरेको पुष्टि गरे।

 बाटोमा रहेको पसलमा कोठामा लगेर बालिकाको बलात्कार गरेको बुझिएको प्रहरीले जनाएको छ। बालिकाको अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट नआइपुगेको उनले बताए ।

Logo