विवादित एसिया प्यासिफिक सम्मेलन सुरु

विवादित एसिया प्यासिफिक सम्मेलन सुरु

केन्द्रबिन्दु
0
Shares

विवादित एसिया प्यासिफिक सम्मेलन काठमाडौँमा  सुरु भएको छ। काठमाडौँको हायात होटलमा सम्मेलनको उद्घाटन गरिएको छ।

 ‘विश्वका गम्भीर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य-मान्यता’ नारासहित सम्मेलन आयोजना गरिएको हो।  धार्मिक गैरसरकारी संस्था युनिभर्सल पिस फेडेरसन (यूपीएफ)ले उक्त सम्मेलन आयोजना गरेको हो।

सम्मेलनमा सात देशका राष्ट्र प्रमुख, सरकार प्रमुख एवं उपप्रमुख, १० जना पूर्वराष्ट्रप्रमुख र सरकारप्रमुख लगायत सहभागी छन्। सम्मेलनमा आयोजकले नेपालका सबै राजनीतिक दलका नेताहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई निमन्त्रणा गरेको छ।

सम्मेलनमा राजनीतिक, धार्मिक, शान्ति, विकास, सुशासन र सांसदको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिकालगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ।

 सम्मेलनका लागि म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, छिमेकी भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथि काठमाडौं आएका छन्।

यस अघि सरकार यो सम्मेलनको सह आयोजक थियो।  सम्मेलनकै लागि काठमाडौँमा सवारीसाधनको जोर बिजोर प्रणाली लागु गरिएको थियो।  चर्को बिरोधपछि सरकारले सह आयोजकबाट नाम हटाएको थियो भने जोरबिजोर प्रणाली पनि खारेज गरेको थियो।

सम्मेलनका लागि सरकारले ५५ लाख रुपैया सहयोग गरेको छ ।

Logo