काठमाडौं । गत मंसिर ११ गते गोंगबुको प्रयासमार्गस्थित स्वस्तिका गेस्ट हाउसका सञ्चालक प्रवीण कुंवर र उनकी श्रीमती गंगा सधै झै आफ्नो नियमित काममा लागिरहेका थिए । उनीहरुका छोरा प्रयास सामाखुसीस्थित वेलमन्ट इन्टरनेशनल स्कुलमा कक्षा १ मा पढ्थे ।
दिउँसो ३ बजे प्रयास विद्यालयबाट घर फर्केपछि खाजा खुवाएर उनीहरुले एकछिन हाँसीमजाक गरे । छोरालाई सदा झै घरमा नै राखेर करिव साँढे ५ बजेतिर उनीहरु दुबै जना अस्पताल लागे । गोंगबुस्थित विनायक अस्पतालमा काम सकेर उनीहरु साँझ ६ बजे घर आई पुगे । छोरा प्रयास घरमा नभेटिएपछि उनीहरुले छरछिमेकसँग सोधपुछ गरे ।
निकैराति सम्म पनि छोरोको कुनै अत्तोपत्तो नलागेपछि उनीहरुले प्रहरीलाई जानकारी दिए । प्रहरी जानकारी पाएलगत्तै देशैभरका प्रहरीलाई सर्कुलर जारी गर्यो । हराएको तेस्रो दिन बिहीबार हत्या गरिएको अवस्थामा उनको शव फेला पर्यो । हत्या गरेको आरोपमा प्रहरीले गेस्ट हाउसका ड्राईभर महेन्द्र एसकै पक्राउ परे । अपराध स्वीकारेका महेन्द्रलाई थप अनुसन्धानको लागि जिल्ल अदालत काठमाडौंले ७ दिनको म्याद दिएको छ ।





























प्रतिक्रिया