बसको ठक्करबाट आमाको मृत्यु, १४ महिनाकी छोरी घाइते

बसको ठक्करबाट आमाको मृत्यु, १४ महिनाकी छोरी घाइते

केन्द्रबिन्दु
0
Shares

सप्तरी । सप्तरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा गएराति बसको ठक्करबाट पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवानको मृत्यु भएको हो ।

राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नं. को म्याजिक बसले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट उनकी १४ महीनाकी छोरी प्रबती कुमारी घाइते भएकी छन् । ठक्कर दिँदा दुवै जना घाइते भएका थिए ।

ठक्करबाट गम्भीर घाइते प्रमिलाको रुपनीस्थित युनिक अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका साथै चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Logo