सामाजिक सुरक्षा कार्यक्रमको अनावश्यक प्रचार गरेको भन्दै चर्को आलोचना भएपछि सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मुख खोलेका छन्।
प्रवक्ता बास्कोटाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा ६७ लाख २३ हजारमात्रै प्रचार खर्च भएको बताएका हुन् । मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले कार्यक्रम शुभारम्भ, प्रचारप्रसार तथा समारोह व्यवस्थापनलगायत काम गर्न आवश्यक पर्ने ६७ लाख २३ हजार ७५० रुपैयाँ अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने निर्णय गरेको मन्त्रीले बास्कोटाले जानकारी दिए ।
कार्यक्रमको शुभारम्भ हुनुभन्दा एक दिन अगाडी राजधानीका बत्तीका खम्बाहरुमा प्रधानमन्त्रीको फोटोसहितको ‘एउटा नयाँ युगको सुरुवात’ लेखिएका पोस्टर राखिएका थिए । त्यस्तै भोलीपल्ट एक दर्जन दैनिक पत्रिकामा सोहि प्रकारको ज्याकेट एड प्रकाशित भएको थियो ।





























प्रतिक्रिया