काठमाडौँमा अपहरित बालकको हत्या

काठमाडौँमा अपहरित बालकको हत्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको गोंगबुबाट अपहरित ८ बर्षिय बालकको  हत्या भएको छ । बालकको शव म्हेपीको पुलमा भेटिएको प्रहरीले जनाएको छ।

बोरामा हालेर फालिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए।  स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास गत मंगलबार साँझ ५ बजेदेखि हराएका थिए।

काठमाडौँमा अपहरणको घटना बढिरहेकाले प्रहरीले प्रयासको अपहरण भएको अनुमान गरेको थियो।  प्रहरीले सोही गेष्ट हाउसमा सवारी चालकको रुपमा कार्यरत महेन्द्र सार्कीलाई पक्राउ गरेको छ।

गत साउनमा काठमाडौंको मनहराका ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या भएको थियो।

Logo