काठमाडौं । यतिबेला एउटा विषय निकै चर्चामा छ । त्यो हो राजधानीका पोल पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर । योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्ने दिन मंगलबार राजधानीमा बिजुलीको पोलमा प्रधानमन्त्रीको तस्बिर राखिएको थियो ।
जुन विषय निकै चर्चामा आयो । उक्त विषय निकै विवादमा पनि आयो । पोलमा राखिएको तस्बिरमा लेखिएको थियो, ‘नयाँ युगको सुरुवात’ । नयाँ युगको थालनी भन्दै पत्रपत्रिकामा समेत यही शैलीमा ‘ज्याकेट विज्ञापन’ छापेपछि एकथरीले अनावश्यक तडकभडक भन्दै आलोचना पनि गरेका छन् ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यार पत्ता लगाउन नसक्ने सरकारले सामाजिक सुरक्षा दिन सक्दैन भन्ने व्याख्या समेत गरिदैं आएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्रीको तस्बिर भएको ठाउँमा निर्मलाको तस्बिर राखेर न्याय चाहियो भन्नेहरु पनि देखिए ।
अहिले भने यही शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखेर बिजुलीको पोलमा निर्मलाको तस्बिर नै टाँगिएको छ । निर्मलाको तस्वीर राख्दै काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा गएराति पोस्टर टाँसिएको हो ।
निर्मलालाई न्याय दिन माग गर्दै टाँसिएको पोस्टरमा अंग्रेजीमा न्याय दिन ढिलार्इ गर्नु न्याय दिन इन्कार गर्नु हो भन्ने लेखिएको छ ।निर्मलाको न्यायका लागि आवाज उठाइरहेको एक समूहले पोस्टर बनाएर पोलपोलमा टाँगेको हो ।





























प्रतिक्रिया