काठमाडौँ
संसदको सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रक्रियामा अनियमितता भए नभएको अध्ययन गरेर सात दिन भित्र प्रतिवेदन बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ ।
लेखा समितिको बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शर्मालाई बोलाएर छलफल गरिएको थियो । समितिले वाइडबडी खरिद सार्वजनिक खरिद ऐन अनुसार भए नभएकोबारे अध्ययन गरी राय सुझाव दिन भनेको छ ।
बैठकमा कार्यालयका सचिव मधु रेग्मीले १ हजार घण्टा उडेको विमान ल्याइएको भनिएको बताउँदै सिधै कम्पनीसँग नयाँ विमान किन्दा कमिसन रकम सरकारलाई आउने बताएका थिए । बैठकमा उनले अध्ययन गरेर प्रतिवेदन बुझाउने बताए ।
यस अघि बसेको सार्वजनिक लेखा समितिको बैठकमा समितिका सभापति भरत शाहले ६ अर्ब ५९ करोड घोटाला भएको दाबी गरेका थिए ।
नागरिकबाट





























प्रतिक्रिया