दैलेखमा बुधबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ।
मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, सोही गाउँपालिका ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही र चालक रमेश शाही, वडा नं ३ का २६ वर्षीय दिलीप शाही र सोही गाउँपालिका वडा नं १ का समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ । घाइते २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकातर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप बुधबार बिहान ठाँटिकाँध गाउँपालिका- ३ को धामीगाउँ नजिक दुर्घटनामा परेको थियो ।
जिप सडकदेखि करीब ५० मिटर तल खसेको थियो ।





























प्रतिक्रिया