नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ।
नेविसंघ केन्द्रिय कार्यसमितिको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले १२औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको हो। बैठकपछि पत्रकार सम्मेलन गरी नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारको जनविरोधी गतिविधिलाई रोक्न सशक्त बन्नुपर्ने भएकाले पुसको अन्तिम साता सम्पन्न हुने गरी महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बताए।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। जसअनुसार मंसिर २२ गतेभित्र मावि र क्याम्पसहरुको अधिवेशन सम्पन्न गर्ने, मंसीर २५ गतेभित्र स्थानीय गाउँ नगर अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, पुस ८ गतेभित्र काठमाडौं उपत्यका भित्रका विश्वविद्यालयहरुका अधिवेशनहरु सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ। अध्यक्ष महरले पुस २० गतेसम्म महाधिवेशनका प्रतिनिधि चयन हुने गरी कार्यतालिका तय गरिएको पनि जानकारी दिए।





























प्रतिक्रिया