काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यको कार्यविभाजनका लागि सोमबार बस्ने भनिएको सचिवालयको बैठक मङ्गलबारका लागि सारिएको छ । "/>

नेकपा सचिवालय बैठक आज, कार्यविभाजनबारे गृहकार्य जारी

नेकपा सचिवालय बैठक आज, कार्यविभाजनबारे गृहकार्य जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यको कार्यविभाजनका लागि सोमबार बस्ने भनिएको सचिवालयको बैठक मङ्गलबारका लागि सारिएको छ ।

कार्यविभाजनका लागि गृहकार्य नपुगेको भन्दै मङगलवारका लागि बैठक सारिएको नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

मङ्सिर ८ गते शनिवार बसेको सचिवालयको बैठकमा कार्यविभाजनको बारेमा छलफल सुरु भएको थियो । आइतबार थप गृहकार्य गरी सोमबार त्यसको टुङ्गो लगाउने जानकारी गराइएको थियो ।

तर आइतबारको गृहकार्य नपुगेकाले त्यसको विषयमा सोमबार पनि गृहकार्य भएको श्रेष्ठले जानकारी दिनुभयो । बैठकका लािग केन्द्रीय सदस्यको कार्यविभाजन गरी जनवर्गीय संगठन, प्रदेश समितिको पूर्णता, स्थायी समितिको बैठक लगायतका कार्यसूची तय गरेको थियो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।
गोरखापत्रबाट

Logo