धनगढी

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना ६ ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । "/>

धनगढीमा बस दुर्घटना, २५ जना घाइते

धनगढीमा बस दुर्घटना, २५ जना घाइते


धनगढी

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना ६ ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ । दुर्घटनाबाट पुलमा क्षति पुगेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Logo