काठमाडौं

डाक्टर गोविन्द केसीले कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षीया निर्मला पन्तका हत्यारालाई पक्राउ नगरे १६ औं अनसन शुरु गर्ने चेतावनी दिएका छन् । "/>

गोविन्द केसीको सरकारलाई अल्टिमेटम ( भिडियो सहित )

गोविन्द केसीको सरकारलाई अल्टिमेटम ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

डाक्टर गोविन्द केसीले कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षीया निर्मला पन्तका हत्यारालाई पक्राउ नगरे १६ औं अनसन शुरु गर्ने चेतावनी दिएका छन् ।

डाक्टर केसीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरि बिभिन्न ३ बुंदे माग राख्दै उक्त माग सम्बोधन नभए अनसन बस्ने चेतावनी दिएका हुन् । उनले १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नु पर्ने बताएका छन् ।

यस अन्तर्गत सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने, गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गर्नु पर्ने, त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरू पुनः सो संस्थानमै फिर्ता गर्नु पर्ने र सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा बढाउनु पर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना सुरू गर्नु पर्ने रहेका छन् । हेरौं भिडियोमा :

 

Skip This
Skip This
Logo