डब्लूएचओको चेतावनी- ‘एसियामा कोरोनाको दोस्रो तरंग, सातामै ४० गुणासम्म बढ्न सक्छ’

डब्लूएचओको चेतावनी- ‘एसियामा कोरोनाको दोस्रो तरंग, सातामै ४० गुणासम्म बढ्न सक्छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिण र पश्चिम एसियाली मुलुकमा कोरोनाको दोस्रो तरंग आउने जनाएको छ । डब्लूएचओका पूर्वी भूमध्यसागरीय क्षेत्र निर्देशक अहमद अल मन्धारीले कोरोनाबाट सावधान रहन आग्रह गरेका हुन् ।

उनले दक्षिण पश्चिम एसियाली मुलुकलाई कोरोनाको दोस्रो लहरको सामना गर्न तयार हुन भनेका छन् । एक सातामै आठ गुणासम्म कोरोना  बढ्न सक्ने भन्दै उनले रोकथामको उचित उपाय नअपनाउँदा कोरोना संक्रमण डरलाग्दो गरी तीव्र रूपमा फैलिने बताएका छन् ।

कोरोना आगामी सात दिनमा ४० गुणाको दरले फैलिन सक्ने, तेस्रो साता तीन सय र चौथो साता हजार गुणाले फैलिने विज्ञहरूले अनुमान गरेका छन् ।

नेपालमा २ लाख २९ हजार ३४३ जना कोरोना संक्रमित भएका छन् भने १ हजार ४ सय ३५ जनाले ज्यान गुमाइसकेका छन् । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड १९ लाख ८८ हजार नाघेको छ । यस्तै यसको संक्रमणबाट १४ लाख ४९ हजार नाघेको छ भने संक्रमणमुक्त हुनेको संख्या ४ करोड २७ लाख ८९ हजार भन्दा बढी छन्।

Logo