देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
गोविन्द केसीको चेतावनी- ‘निर्मला पन्तको हत्यारालाई पक्राउ नगरे फेरि अनसन’
डाक्टर गोविन्द केसीले कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तका हत्यारालाई पक्राउ नगरे १६ औ अनसन शुरु गर्ने चेतावनी दिएका छन्। डाक्टर केसीले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गरि बिभिन्न ३ बुंदे माग राख्दै उक्त माग सम्बोधन नभए अनसन बस्ने चेतावनी दिएका हुन्।
बुद्धनगरस्थित फर्निचर शोरुममा भीषण आगलागी (भिडियो)
राजधानीको बुद्धनगरमा आगलागी भएको छ । त्यहाको एक फर्निचर शोरुममा आगलागी भएको हो। दिउँसो साढे ३ बजेदेखि आगलागी सुरु भएको हो ।काठमाडौं र भक्तपुरबाट दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।
पप्पुको पक्षमा उभिंदै सरकारलाई निर्माण व्यवसायीको चेतावनी
नेपाल निर्माण व्यवसायी महासंघले पप्पु कन्स्ट्रक्सनलाई गरिएको कारबाही फुकुवा गर्न आग्रह गरेको छ । महासंघले एक बिज्ञप्ति प्रकाशन गर्दै प्राकृतिक न्यायको सिद्दान्त बिपरित सार्वजनिक खरिद प्रक्रियामा सामेल हुन् नपाउने गरि रोक लगाएको प्रति ध्यानाकर्षण भएको जनाएको छ। ‘कोस्टल पप्पु जेभीलाई कालोसूचीमा राख्ने/नराख्ने निर्णय नहुँदै, स्पष्टिकरणको मौका नै नदिई प्राकृतिक न्याय सिद्धान्तबिरुद्ध सार्वजनिक खरिब प्रक्रियामा भाग लिन नपाउने गरि रोक लगाइएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।’ महसचिव रोशन दाहालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।
३ महिने नावालकसहित सिंगो परिवारको ज्यान लिने त्यो आगलागी…
आईतबार रातीको खाना खाएर सबै सुतिसकेका थिए । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडाका ३६ वर्षका लक्ष्मण खनाल, उनकी श्रीमती ३० वर्षकी राधिका खनाल, ४ वर्षकी छोरी सुप्रिया र ३ महिने छोरा टिकाराम रातिको खाना खाएर संगै सुतेका थिए ।
नेपालमा ‘पानीमा डुवाएर’ यसरी क्रिश्चियन बनाईन्छ
गत कार्तिकमा भिषाको दुरुपयोग गरेर धर्मको प्रचार गरेको आरोपमा दुई जापानी महिलालाई देश निकाला गरियो । मारी इकुरा र यासुको ओवालाई इसाई धर्म प्रचार–प्रसार गरेको भन्दै देश निकाला गर्नुका साथै पाँच वर्ष नेपाल आउन पनि प्रतिबन्ध लाग्यो । इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाई धर्म परिवर्तन गराउँदै आएका उनीहरुलाई अध्यागमन विभागले जनही ५०/५० हजार जरिवाना समेत लगायो ।
सामुदायिक लघुवित्तको आईपीओ पर्यो कि परेन ? यसरी हेर्नुहोस् (नतिजासहित)
सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ आज (सोमबार) बाँडफाँड गरेको छ। लघुवित्तको सेयर निष्काशक तथा बिक्रि प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको हात्तिसार स्थित कार्यालयमा आइपीओ बाँडफाँड भएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय घेर्न पुगेका लगानीकर्ताहरुले अर्का एक लगानीकर्तालाई कुटपिट गरेका छन् । केही समयदेखि प्राबिधिक समस्या झेलीरहेका लगानीकर्ताहरुले आज नेप्सेको कार्यालय घेराउ गर्न गएका थिए। त्यसैक्रममा आक्रोशित लगानीकर्ताले एक स्वतन्त्र प्राविधिक विश्लेषकलाई कुटपिट गरेका हुन् ।
निर्मलाका आमाबुबालाई भेट्दै बाबुरामले १ लाख सहयोग गरे
म्यानमारकी परराष्ट्रमन्त्री आङ सान सुकी काठमाडौँ आउने भएकी छन् । सुकी अर्को साता नेपाल आउन लागेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि सुकी नेपाल आउन लागेकी हुन्।उनी काठमाडौं हुँदा एसिया प्यासेफिक समिटमा पनि सहभागी हुनेछन्। मंसिर १४ देखि १७ सम्म समिट हुँदैछ ।
पर्यटनमन्त्रीलाई गृहजिल्लामा कालोझण्डा, नयाँ शक्तिका ६ नेता पक्राउ
अचम्मको मन्दिर जहाँ भित्री वस्त्र र वक्षस्थलको पूजा गरिन्छ
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया