काठमाडौँ

भूकम्पबाट भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ पुनर्निर्माणमा खर्च नहुने भएको छ । "/>

भूकम्पको ७५ अर्ब ऋणमा भारतका यस्ता सर्त

भूकम्पको ७५ अर्ब ऋणमा भारतका यस्ता सर्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भूकम्पबाट भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ पुनर्निर्माणमा खर्च नहुने भएको छ । भारतकै सर्तका कारण रकम खर्च गर्न नसक्ने अवस्था बनेको हो । १२ वैशाख ०७२ को भूकम्पपछि भारत सरकारले पुनर्निर्माणका लागि १ खर्ब रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

‘भारतीय आयात–निर्यात (एक्जिम) बैंकबाट १ प्रतिशत ब्याजदरमा लिने भनिएको ७५ अर्ब भारतकै सर्तका कारण पुर्ननिर्माणमा खर्च हुन नसक्ने अवस्था आयो,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने । अब सो रकम अन्य परियोजनामा खर्च गरेर त्यस बराबरको रकम पुनर्निर्माणका लागि सोधभर्ना गरिदिन सरकारसँग अनुरोध गर्न लागिएको उनले बताए । पुनर्निर्माण प्राधिकरणका अनुसार पुनर्निर्माणमा अहिलेसम्म १ खर्ब ८६ अर्ब खर्च भइसकेको छ ।

त्यसमध्ये दातृ निकायबाट प्राप्त भएको रकम ६७ अर्ब मात्र हो । भूकम्पपछि सरकारले काठमाडौंमा आयोजना गरेको दाता सम्मेलनमा दातृ निकायले ४ खर्ब १० अर्ब रुपैयाँ दिने प्रतिबद्धता गरेका थिए । भूकम्प लगत्तै उद्धार र राहतमा खर्च भएको रकम पनि यसैमा जोडिएको छ । बाँकी ३ खर्ब ४३ अर्ब मध्ये अहिलेसम्म २ खर्ब ६२ अर्बका लागि सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

यसैविच प्राधिकरणको पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजना अनुसार ५ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न गर्न ९ खर्ब ३८ अर्ब रुपैयाँ आवश्यक पर्छ । तर अहिलेसम्म करिब २ खर्ब मात्र खर्च भएको छ ।

चालू आवमा १ खर्ब ५१ अर्ब बजेट छुट्याइएको छ । प्राधिकरणले पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न आवश्यक रकम यकिन गर्न वित्तीय व्यवस्थापन योजना तयार पार्ने काम अगाडि बढाएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।
नयाँ पत्रिकाबाट

Logo