राजधानीको गैह्रीगाउँमा छुरा प्रहारबाट दुई जना युवा घाइते भएका छन् ।
घाइते हुने मध्ये एक जनाको नाम अनिल श्रेष्ठ रहेको छ भने अर्काको नाम खुल्न सकेको छैन। उनीहरु दुवै जनाको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरुको नाम मनिस बानिया, मुन्ना र महेश भएको तर बिस्तृत बिबरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार दुवै जना भागेर आइ सडकमा लडेका थिए । घटना देखेका प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनीहरुलाई अस्पताल लगेका थिए। स्थानीयका अनुसार त्यस आसपास पहिले पनि ग्याङ् फाइट हुने गर्थ्यो।





























प्रतिक्रिया