कपिलवस्तु

गत वर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार रहेका दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । "/>

प्रदेशसभाका स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या

प्रदेशसभाका स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु

गत वर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार रहेका दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाँउपालिका ४ मोतीभारीस्थित घर नजिकै उनी माथी गोली प्रहार भएको हो ।

युवाहरुको दुई समूहबीच भइरहेको झडप मिलाउन जाँदा उनी माथी गोली प्रहार भएको थियो । उनको शरिरका विभिन्न भागमा पाँच वटा गोली लागेको प्रहरीले जनाएको छ । घटना गएराति ९ बजेतिर भएको र घटना लगत्तै उनलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको भएपनि दश बजेतिर निधन भएको प्रहरी नायव उपरिक्षक प्रवि रावलले बताए ।

घटनामा संलग्न भएका शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक सन्तोष पोखरेलले जानकारी दिए ।

Logo