काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो ।
निमोनिया, मिर्गौला बिग्रिएको, उच्च रक्तचाप र मधुमेहबाट ग्रसित उनलाई आइतबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । ११ वर्षअघि नेपालकै संवैधानिक इतिहासमा पहिलो पटक सर्वोच्च अदालतका प्रधानन्यायाधीशमाथि संसदीय सुनुवाई भएको थियो ।
यस क्रममा उनीविरुद्ध १६ वटा उजुरी परेका थिए । समितिमा उपस्थित भएर सबै उजुरीबारे सांसदहरुलाई गिरीले जवाफ दिएका थिए। २०६६ वैशाख २५ गतेदेखि २०६६ माघ २७ सम्म उनी प्रधानन्यायाधीश भएका थिए।





























प्रतिक्रिया