एजेन्सी । नेपालमा बादर आतंक बढेको बेला बेला प्रशासन गुहारेका समाचार आईरहन्छ । स्थानीयले बादर आतंक नियन्त्रण गर्न नसकेर प्रशासनलाई गुहारेको बेला बेला आईरहेपनि भारतमा भने आमाको दूध चुसिरहेको १२ दिने शिशुलाई खोसेर मारिदिएको समाचार सार्वजनिक भएको छ । "/>

आमाको दूध चुसिरहेको १२ दिने शिशुलाई खोसेर बाँदरले मार्‍यो

आमाको दूध चुसिरहेको १२ दिने शिशुलाई खोसेर बाँदरले मार्‍यो

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । नेपालमा बादर आतंक बढेको बेला बेला प्रशासन गुहारेका समाचार आईरहन्छ । स्थानीयले बादर आतंक नियन्त्रण गर्न नसकेर प्रशासनलाई गुहारेको बेला बेला आईरहेपनि भारतमा भने आमाको दूध चुसिरहेको १२ दिने शिशुलाई खोसेर मारिदिएको समाचार सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आग्रामा घरभित्र पसेको बादरले आमाको दूध चुसिरहेका १२ दिने शिशुलाई खोसेर मारिदिएको हो । शिशुलाई लगेपछि स्थानीयले बाँदरलाई लखेटेका थिए । त्यही क्रममा बाँदरले शिशुलाई छिमेकीको छतमा फ्याँकिदिएको थियो । बाँदरले लछारपछार गर्दै टोकेकाले शिशु गम्भीर घाइते भएका थिए ।

बाँदरबाट मुक्त गरेपछि तत्कालै अस्पताल पुर्याइएका शिशुको उपचारको क्रममा मृत्यु भएको हो । बाँदरको आक्रमणबाट शिशुको शरिरमा चोटैचोट लागेको थियो । उक्त क्षेत्रमा बाँदरको आतंक बढ्दो रहेको स्थानीयको भनाई छ ।

 

Logo