डडेल्धुराको उग्रतारा मन्दिरको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबार बेलुकी डडेल्धुराको अमरगढी नगरपालिका–११ मा पर्ने केआई सिंह राजमार्गको रडुवा भन्ने स्थानमा डोटीको पीसजोन विद्या निकेतनको से १ क २९३ नम्बरको बस दुर्घटना भएको थियो । "/>

डडेल्धुरा बस दुर्घटना: मृतक १८ मध्ये १० जनाको सनाखत

डडेल्धुरा बस दुर्घटना: मृतक १८ मध्ये १० जनाको सनाखत

केन्द्रबिन्दु
0
Shares

डडेल्धुराको उग्रतारा मन्दिरको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबार बेलुकी डडेल्धुराको अमरगढी नगरपालिका–११ मा पर्ने केआई सिंह राजमार्गको रडुवा भन्ने स्थानमा डोटीको पीसजोन विद्या निकेतनको से १ क २९३ नम्बरको बस दुर्घटना भएको थियो ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनदेव जोशीले मृतक १८ जनामध्ये ५ जना महिला र १३ पुरुष रहेको बताए । उनले मृतक मध्ये १० जनाको मात्रै सनाखत भएको जानकारी दिए । दुर्घटनामा घाइते भएका १३ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । गम्भीर घाइते १५ जनालाई उपचारका लागि धनगढी ल्याइएको छ ।

सनाखत भएका मृतकहरु

१) डोटीको नवदुर्गा गाउँपालिका-३ का २२ वर्षका चक्र धामी

२) दिपायल सिलगढी नगरपालिका-३५ वर्षका शशि विक

३) शिखर गाउँपालिका-११ का २५ वर्षका गोदा भाट

४) शिखर गाउँपालिका-११ का ४० वर्षका कैलाश रावल

५) शिखर गाउँपालिका-११ का ४० वर्षकै योगेन्द्र रावल

६) शिखर नगरपालिका-१० का १६ वर्षका रोहित बलायर

७) डडेल्धुरा जिल्ला गन्यापधुरा ३ का ३० वर्षकी माया रावल

८) कैलाली गोदावरी १० का पुरन कठायत

९) डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का १७ वर्षका तिलक खाती

१०) ३० वर्षका तेज धामी

Logo