काठमाडौँ

अर्धभूमिगत नेत्रविक्रम चन्द समूहले शनिवार गर्न लागेको आमसभाप्रति सुरक्षा निकायले चासो दिदै निगरानी शुरु गरेका छन् । "/>

विप्लवको आमसभालाई सरकारको निगरानी

विप्लवको आमसभालाई सरकारको निगरानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अर्धभूमिगत नेत्रविक्रम चन्द समूहले शनिवार गर्न लागेको आमसभाप्रति सुरक्षा निकायले चासो दिदै निगरानी शुरु गरेका छन् ।

सरकारले वार्ता टोली गठन गरेपछि सो समूहप्रति नरम बनेको भएपनि वार्तामा वस्न आनाकानी गर्दा शनिवार हुने आमसभालाई सुरक्षा निकायले चासो व्यक्त गरेका हुन् । सरकारी सुरक्षा अंगले संविधानले दिएको अधिकार अनुसार सभा गर्दा कही कतै अवरोध नहुने तर संविधान विपरित भए आमसभानै गर्न नदिने तयारी गरिरहेको छ ।

विप्लव समूहले मंसिर ८ मा काठमाडौ भित्र आमसभा गर्न भारतको राजधानी दिल्लीमा प्रचार प्रसार गरे देखिनै सुरक्षा निकायले चासो व्यक्त गरेको हो । सो समूहले आमसभामा हजारौं जनताको सहभागितासँगै मार्चपास र घरेलु हतियारको प्रर्दशन समेत हुने सुचना पाएपछि सुरक्षा निकायले चासो राखेको छ । काठमाडौ आउने सबै नाकामा सुरक्षा निकायले चेकजाँचलाई कडा बनाएको छ भने राती अबेरसम्म काठमाडौंका सडकमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गस्तीलाई बढाइएको छ ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीका अनुसार संविधानले दिएको अधिकार प्रयोग गर्दा कहीं कतै अवरोध हुनेछैन । ‘उहाँहरुले संविधानमा उल्लेख भएका अधिकार प्रयोग गर्दा सरकारले अवरोध गर्दैन तर संविधान विपरित कार्यगर्ने उहाँहरुलाई मात्र होइन जो कोहीलाई पनि छुट छैन’, मन्त्रालयका प्रवक्ता सुवेदीले भने । उनले आमसभाप्रति सुरक्षा निकायको चासो हुनु स्वभाविक भएको पनि बताए । ‘सुरक्षाकर्मीहरुले आफ्नो दायित्व अनुसारको काम गरिरहेका छन् आमसभाको पनि त सुरक्षा गर्नुपर्यो नि त्यसकारण सुरक्षाकर्मी परिचालन हुने विषय स्वभाविक हो’, उनले भने ।
नागरिकबाट

Logo