File Photo
डडेल्धुरा
डडेल्धुरामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । डोटी जाँदै गरेको से १ प २९३ नम्बरको स्कुल बस अमरगढी नगरपालिका ११ रडुवाखोलामा दुर्घटना भएको डडेल्धुरा प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी १५ जनाभन्दा बढी घाईते भएको डडेल्धुरा प्रहरीको सञ्चार सेवाले जानकारी दिएको छ । डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रेसइनस्थित पीसजोन एकाडेमीको हो।
अमरगढी ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ । अहिले प्रहरी र स्थानीय वासिन्दाले दुर्घटनामा परेकाहरुको उद्दार गरी जिल्ला अस्पताल ल्याइएको छ ।
अहिले उद्दार कार्य चलिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। उद्दारका लागि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशी, प्रहरी प्रमुख डम्बरबहादुर केसीलगायत सुरक्षाकर्मीको टोली दुर्घटनास्थलमा खटिएका छन्। घाइतेहरूको उद्दार गरी उपचारका लागि डडेल्धुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पताल ल्याइएको छ।
प्रतिक्रिया