देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
राजधानीको वीर अस्पतालमा कार्यरत न्यूरो सर्जरी युनिटका प्रमुख डा. ध्रुवराज अधिकारीले राजीनामा बुझाएका छन् । सोमबार उपप्रधान तथा स्वाथ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यावदलाई राजीनामा पत्र पेश गरेका हुन् । राजीनामा पत्रमा डा. अधिकारीले चाकडी गर्न नसकेको र घुस दिन नसकेको भन्दै टिप्पणी गरेका छन् । विगत एक वर्षदेखि तलबबिहीन भएर काम गर्दै आए पनि पद खाली हुँदा समेत आफ्नो पोस्टिङ्ग नभएको राजीनामा पत्रमा उल्लेख छ ।
सरकारले विवादित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेको छ । सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।
घुससहित सरकारी वकिल रंगेहात पक्राउ
एक जना सरकारी वकिल घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे टाेलीले सरकारी वकिल काेषहरि निराैलालार्इ ८० हजार रूपैयाँ घुससहित पक्राउ गरेकाे हो ।
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा उनले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताए । कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी सङ्गठन विस्तारमा सहयोग पुग्ने उहाँले जिकिर गरे । सभापति देउवाले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गरे ।
कांग्रेसमा गुटगत विवाद तीब्र हुँदै जाँदा नेपाल विद्यार्थी संघको महाधिवेशनले पार्टीलाई नै तनाव सिर्जना गरेको छ । नेविसंघको म्याद थप विवादले पुनः पार्टी दुई समूहमा विवाजित भएको छ । अध्यक्ष नैनसिंह महरसहितका नेविसंघका नेताहरुले दुई महिनामात्र म्याद थपिएकोमा असन्तुष्टि जनाएका छन् । आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघको म्याद दुई महिना थप्ने निर्णय गरेको थियो । महाधिवेशनको कार्यतालिका नहेरी म्याद थपिएकोमा अध्यक्ष महरले असन्तुष्टि जनाइसकेका छन् ।
द्वन्द्वपीडितलाई कानुनमन्त्रीको आश्वासन- ‘माघ २६ भित्र न्याय’
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले जघन्य अपराधमा संलग्न जोकोहीलाई पनि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मन्त्री ढकालले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नहुने आश्वासन पनि दिए । बिस्तृत शान्ति सम्झौंता भएको १२ वर्ष पूरा भएको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित द्वन्द्वपीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सहमतिको आधारमा द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकारले आन्तरिक तयारीको कामलाई तीव्रता दिईरहेको दावी पनि गरे । मन्त्री ढकालले संविधान, कानुन, सर्वोच्च अदालतको फैसला, मानव अधिकारसम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धताको आधारमा पनि राज्यले द्वन्द्वकालका पीडितलाई न्याय दिनुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले द्वन्द्वकालका पीडितको माग अनुसार न्यायको व्यवस्था हुने गरी कानुन निर्माण गर्न सरकार लागि परेको पनि बताए ।
झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब गएकी थिइन् । साउदी अरबमै २०६९ पुस ३० गते उनको मृत्यु भएको खबर आएको जेठा छोरा नीरज श्रेष्ठले बताए ।
ईन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले मंसिर २८ गते नवलपुरमा बस्ने साधारणसभा आईपिओ निष्काशन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको जारि पुंजीको ३२.५० प्रतिशतले हुन् आउने ६ करोड ७४ लाख बराबरको आईपिओ निष्काशन गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन हुने छ ।
सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्न निर्देशन
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया