काठमाडौँ
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजना माथि निगरानी बढाएको छ । जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारी माथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो ।
अर्बौं लगानीका आयोजना सम्पन्न गर्न पटकपटक समय थप्दा पनि अलपत्र परेका कारण छानबिन थालिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।
आयोजना प्रमुखकै गैरजिम्मेवारीका कारण काम ढिलासुस्ती भएको प्रारम्भिक निष्कर्षमा अख्तियार पुगेको छ । उसले राष्ट्रिय आयोजनाका ठेकेदार, कर्मचारी देखि आयोजना प्रमुखसम्म निगरानी बढाएको हो । पप्पु कन्स्ट्रक्सन विरुद्ध बर्दियाको जब्दीघाटको पुल ठेक्कामा भएको अनियमिततामा विस्तृत छानबिनपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
सहप्रवक्ता कोइरालाले भने, ‘अख्तियारले राष्ट्रिय गौरवका आयोजनामा विशेष निगरानी राखेको छ । छानबिन तीव्र रूपमा अगाडि बढाइएको छ ।’
अधिकांश राष्ट्रिय गौरवका आयोजनामा बेथिति देखिएको अख्तियारले जनाएको छ । त्यस्ता कुनै पनि आयोजना समयमै पूरा भएका छैनन् । निर्माण सामाग्री कमसल तथा गुणस्तरहीन प्रयोग गरिएको छ । अनुगमन समेत छैन ।
अन्नपूर्णबाट





























प्रतिक्रिया