काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बुलेट प्रुफ’ सहितको विलासी गाडी किन्ने र उनको निवास विस्तार गर्न प्रहरीको तालिम केन्द्र सार्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । "/>

राष्ट्रपतिलाई विलासी कार किन्ने निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध

राष्ट्रपतिलाई विलासी कार किन्ने निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बुलेट प्रुफ’ सहितको विलासी गाडी किन्ने र उनको निवास विस्तार गर्न प्रहरीको तालिम केन्द्र सार्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।

अर्थ मन्त्रालयले राष्ट्रपतिको नयाँ कारका लागि १८ करोड रुपैयाँ निकासा गरेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मान्छेहरु खनिएका हुन् । धेरै व्यक्तिले ट्वीटर र फेसबुकमा महंगो विलासी कार किन्ने सरकारी निर्णयको भर्त्सना गर्दै करदाताको पैसा दुरुपयोग नगर्न सचेत गराएका छन् ।

नेपाली कांग्रेसका नेता धनराज गुरुङले भनेका छन्, ‘एकातर्फ गरिब जनताको रगत र पसिनाले करोडौंको गाडी र अरबौंको महल राजनीतिक नेतृत्वलाई, अर्कोतर्फ तिनै गरिब नेपालीले उपचार खर्चको अभावमा आत्महत्याको बाटो रोज्नु पर्नेरु यही बिडम्बना देख्नका लागि हामीले गणतन्त्र नेपाल बनाएका होइनौं ।’

यसैगरी राष्ट्रपतिको निवास र कार्यालय विस्तार गर्न नेपाल प्रहरीको तालिम केन्द्रलाई अन्यत्रै सार्ने निर्णय विरुद्ध पनि सर्वसाधारण लगायतले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् ।

प्रतिष्ठित भवनको रुपमा परिचित शितल निवासलाई बचाउनका लागि यसको स्वरुप नविगारिकन राष्ट्रपति कार्यालयलाई नै अन्यत्र सार्न उपयुक्त हुने कतिपयको सुझाव छ । राणा प्रधानमन्त्री चन्द्रशम्शेरका छोरा कृष्ण शम्शेर जबराले बि.सं. २००७ को क्रान्ति सफल भएपछि सरकारी अतिथि गृह बनाउनका लागि सरकारलाई यो भवन दान गरेका थिए । त्यसवेला सरकारसँग अतिथि गृहका लागि कुनै भवन थिएन । राणा र नेपाली कांग्रेसको संयुक्त सरकार बनेपछि सम्बन्ध सुधार हेतु चन्द्र शम्शेरका छोराले यो भवन स्वेच्छिक दान गरेको इतिहासकारहरुको भनाइ छ । युरोपियन शैलीमा निर्मित शितल निवासले त्यसवेला १४० रोपनी क्षेत्र ओगटेको थियो ।

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सामाजिक संजालमै कृष्ण शम्शेरको सदिक्षालाई सम्मान गर्न सरकारलाई आग्रह गरे । ‘इच्छा पत्रमा नै सरकारसँग अतिथि गृहका लागि भवन नभएर दिएको’ भन्ने उल्लेख भएकाले कृष्ण शम्शेरको चाहनालाई सम्मान गर्ने कि नगर्ने ? पाण्डेले प्रश्न गरे ।

२००७ साल पछि यो अतिथि गृहले थुप्रै अति विशिष्ट पाहुनालाई आतिथ्य पस्केको थियो । नेपालको भ्रमण गरेका भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु, चिनियाँ प्रधानमन्त्री चाउऐन लाई, बेलायती महारानी एलिजावेथ द्वितीय, पाकिस्तानी राष्ट्रपति अयुव खान, भारतीय राष्ट्रपति राजेन्द्र प्रसाद र राधा कृष्णन र जापानका तत्कालिन राजकुमार अकिहितोलाई यही भवनमा राखिएको थियो ।
नागरिकबाट

Logo