काठमाडौँ
कोरियाले रोजगार अनुमती प्रणाली (इपीएस) मार्फत माग गर्ने नेपाली युवाको संख्या गत वर्ष भन्दा बढाउने भएको छ ।
कोरियाका रोजगारदाताले नेपाली कामदार इमान्दार, मेहेनती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउदै माग बढाउदै लगेको हो । कोरिया इपीएस मार्फत नेपाली कामदारको माग बढाउन थालेपछि नेपालले पनि रोजगार आवेदन दिएका थप ४ हजार युवाको नाम कोरिया पठाएको छ । कोरिया सरकारले अगामी वर्ष थप नेपाली युवाको माग गर्ने जनाउदै आएको छ ।
सन् २०१७ मा रोजगार आवेदन दिएका कामदारको संख्या घटदै गएपछि सन् २०१८ मा रोजगार आवेदन दिएका ८ हजार मध्ये लगभग ४ हजार युवाको नाम रोष्टर (रोजगार योग्य सूची) मा राख्न कोरिया पठाएको हो । रोष्टरमा नाम राखेका मध्ये केही युवाको श्रम सम्झौता समेत आउन थालेको छ ।
सन् २०१८ मा वैदेशिक रोजगार बिभाग ईपीएस शाखाले रोजगार आवेदन दिएका ८ हजार युवामध्ये ५० प्रतिशतको नाम रोष्टरमा राखेको इपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए । रोजगार आवेदन दिँदा नााम र फोटो नमिलेर प्रमाणीकरण हुन नसकेका नेपालीको विवरण सुधार भएपछि रोजगार आवेदन दिएका बाँकी ४ हजार युवाको नाम रोष्टर राख्ने तयारी भइरहेको शाखाले जनाएको छ ।
कारोबारबाट





























प्रतिक्रिया