महेन्द्रनगर
छोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको करिब चार महिनासम्म अपराधी सार्वजनिक नभएको भन्दै जिल्ला प्रशासनको गेटमा धर्नामा रहेका यज्ञराजलाई नयाँ शक्ति पार्टी नेपालले सर्मथन जनाएको छ । आइतबार पार्टीको तर्फबाट ७ नम्बर प्रदेश समितिले धर्ना बसेर सर्मथन जनाएको हो ।
नयाँ शक्ति पार्टी नेपालकी नेतृ एव अधिकारकर्मी माया नेगीले निर्मलाको न्यायका लागि सर्मथन जनाएको बताइन् । ७ नम्बर प्रदेशका पार्टी संयोजक कृष्ण कुमार चौधरीले सरकारले नै दोषीलाई संरक्षण गरेको आरोप लगाए । उनले सरकार नै दोषीलाई जोगाउने भएकाले हत्यारा सार्वजनिक हुन नसकेको बताए । यसअघि पार्टीले मुख्यमन्त्री त्रिलोचन प्रसाद भट्टलाई ज्ञापन पत्र बुझाएको थियो ।
पार्टीले सुरुवातदेखि नै निर्मलाका हत्यारा सार्वजनिक गर्न माग राख्दै आन्दोलनमा उत्रिएको थियो । पार्टीले हत्यारा सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । निर्मलाका बाबु अघिल्लो आइतबार देखि अनिश्चितकालीन धर्नामा बस्दै आएका छन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया