काठमाडौँ

नेपालले म्यानमारको मानवअधिकारको अवस्थाबारे संयुक्त राष्ट्रसंघ (युएन) को प्रस्तावमा मतदान गर्न बहिष्कार गरेको छ । "/>

राष्ट्रसंघको प्रस्तावमा नेपालद्वारा मतदान बहिष्कार

राष्ट्रसंघको प्रस्तावमा नेपालद्वारा मतदान बहिष्कार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपालले म्यानमारको मानवअधिकारको अवस्थाबारे संयुक्त राष्ट्रसंघ (युएन) को प्रस्तावमा मतदान गर्न बहिष्कार गरेको छ । न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय महासभाको तेस्रो कमिटीमा नेपालले म्यानमारको मानवअधिकार अवस्थाबारे मतदान गर्न बहिष्कार गरेको हो ।

म्यानमारमा मानवअधिकारको अवस्थाबारे राष्ट्रसंघको प्रस्तावमा शुक्रबार मतदान भएको थियो । मतदान नेपालसहित २६ मुलुकले बहिष्कार गरेका छन् । परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो, ‘कुनै मुलुकलाई तोकेर यस्तो प्रस्ताव ल्याइन्छ भने हामीले राष्ट्रसंघको प्रस्तावको समर्थन गर्दैनौं र विरोध पनि गर्दैनौं, तटस्थ रहन्छौं, म्यानमारका सम्बन्धमा पनि हामीले त्यसै गरेका हौं ।’

विश्वका १४२ मुलुकले राष्ट्रसंघको प्रस्तावका पक्षमा मतदान गरेका छन् । म्यानमार, चीन, रुस लगायत १० मुलुकले विपक्षमा मतदान गरेको राष्ट्रसंघले जनाएको छ ।

उक्त प्रस्ताव युरोपियन युनियन र मुस्लिम सहयोग संगठनको दबाबमा ल्याइएको हो । म्यानमारका प्रतिनिधिले रोहिन्जा माथि भएको मानवअधिकार उल्लंघन छानबिन गर्न स्वतन्त्र निकाय गठन गर्ने विषयको विरोध गरेका थिए । प्रस्तावमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अन्य उच्च अधिकारीले म्यानमारका विषयमा गरेको गम्भीर चिन्तालाई समेटेको छ ।
नागरिकबाट

Logo