देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको ‘डुइङ विजनेश’ प्रतिवेदनप्रति सरकारले आपत्ति जनाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपालको व्यापार तथा लगानीको अवस्थालाई कमजोर भन्दै पाँच अङ्क तल झारिएको छ । यसअघि नेपालको अङ्कभार १०५ थियो जुन अहिले ११० मा पुगेको छ ।
कपडा उद्योगीहरुले साताब्यापी आन्दोलन शुरु गरेका छन्। शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल कपडा उद्योग संघले एक हप्तासम्म उधोग बन्द गरि सकारलाई दबाब दिने जानकारी दिएको हो। सरकारसँग पटक पटक बैठकमा बस्दा पनि रुग्ण स्वदेशी कपडा उद्योग संरक्षणमा ध्यान नदिएको भन्दै ब्यबसायीहरु आन्दोलनमा होमिएका हुन्। उद्योगीहरुको मागप्रति नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि समर्थन गरेको छ। ब्यबसायीले गत असोज १३ गते सरकारलाई मागपत्र बुझाएको थियो ।
डडेलधुरामा जीप दुर्घटना, २ जनाको मृत्यु, १५ घाइते
डडेल्धुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ज १८० नम्बरको जीप भागेश्वर गाउँपालिका-४ कुरङायलमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
जब १५ वर्षीया प्रेमिकालाई लिएर होटल पुगे, लाग्यो बलात्कारको मुद्दा
काभ्रेको नवबुद्ध–८ घर भइ हाल काठमाडौं–१३, बाफल बस्दै आएका १८ वर्षीय साजन अधिकारीले १५ वर्षीया प्रेमिकालाई गत बुधबार कलंकीको एक होटलमा लगे । राति घरमा छोरी नभेटिएपछि परिवारले सोधिखोजीको लागि प्रहरीमा निवेदन दिए । केही समयमा प्रहरीले कलंकीको होटल अन्नपूर्णमा फेला पार्यो । प्रहरीले ति किशोरीलाई घर परिवारको जिम्मा लगायो भने । अधिकारीलाई बलात्कारको मुद्धा लगायो । ‘बुधबार राति अधिकारीले बालिकालाई बलात्कार गरेको भनेर किशोरीको परिवारले जाहेरी दिए’, महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी देवेन्द्रबहादुर पालले भने, ‘उनलाई पक्राउ परेर अनुसन्धान गरिरहेका छौं ।’
नेपाली कांग्रेसको पार्टी कार्यालयमा विद्यार्थीहरुले नारावाजी गरेका छन् । नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थप गर्नुपर्ने र गर्न नहुने भन्ने दुबै पक्षका विद्यार्थीहरुले केन्द्रीय कार्यालयमा नाराबाजी गरेका हुन् । कांग्रेसले बैठक बोलाएपछि विद्यार्थीहरु कार्यालय पुगेका थिए । सभापति शेरबहादुर देउवा कार्यालयमा उपस्थित भएपछि दुबै पक्षले चर्को नाराबाजी गरेका हुन् । उनीहरु एकअर्काविरुद्ध आक्रामक रुपमा नै खनिएका छन् ।
राष्ट्रिय खेलकुद परिषदले ३ जना पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गरेको छ । पारा ओलम्पियन मैया विशंखे, विक्रमबहादुर राना र लक्ष्मी कुँवरलाई गत साउनदेखि कात्तिक महिनासम्मको जनही १२ हजार रुपैयाँ प्रदान गरेको हो । एथलेटिक्सका विक्रमले लन्डन र ब्राजिल पारा ओलम्पिक, पौडीकी लक्ष्मी कुँवरले ब्राजिल पारा ओलम्पिक तथा एथलेटिक्सकी मैयाले लन्डन पारा ओलम्पिक खेलेका थिए । खेलाडीलाई राखेपका सदस्यसचिव केशवकुमार बिष्टले भत्ता प्रदान गरे ।
धनगढीमा एक जनाको हत्या गरिएको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी टोलमा गए राति ३२ वर्षीय विजय थापाको हत्या गरिएको हो । प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय नजिकै रहेको नाष्ट कलेज नजिकै थापाको हत्या गरिएको हो । शुक्रवार राती ९ बजेतिर थापाको हत्या भएको प्रहरीले जनाएको छ।
४ सय ५५ प्रहरी इन्सपेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)
बैंककबाट अमेरिका किन गयो भन्नेलाई मुख्यमन्त्री राईको जवाफ
कुन कलाकार कुन फिल्म त्यागेर कुन फिल्ममा गए ?
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया