एजेन्सी । भारतमा एक व्यक्तिले आफ्नो भूपु पत्नीमाथि अत्याचार गरेको आरोप लागेको छ । झारखण्ड राज्यको जामताडा जिल्लामा एकजना पुरुषले आफ्नी पूर्वपत्नीमाथि आङै सिरिङ्ग हुने अत्याचार गरेका हुन् ।
उदय नाम गरेका ति पुरुषले आफ्ना भूतपूर्व श्रीमतीमाथि आफ्ना साथीहरुसँग मिलेर सामुहिक बलात्कार गर्नुको साथै बलात्कारपछि महिलाको यौनांगमा काठको लट्ठी घुसाइदिएका हुन् । गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको थियो ।
उक्त कार्य गर्ने ति पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । तर उनका साथीहरु भने फरार छन् । स्थानीय गाउँमा काली पुजाको अवसरमा आयोजित सन्थाली मेला भर्न गएकी भूपु पत्नीसँग उदयको मेलास्थलमै भेट भएको थियो । साथीहरुसँगै रहेका उदयले मेलास्थलबाटै पूर्वपत्नीलाई जबरजस्ती उठाएर नजिकैको खेतमा लगे अनि सामुहिक बलात्कार गरे । यतिले मात्र पुगेन । पूर्वपत्नीको यौनांगमा काठको लौरो पनि घुसाइदिए ।
महिला बेहोस भएपछि उदय र उनका साथीहरु त्यहाँबाट भागे । बिहान स्थानीय महिलाहरुले खेतमा ती महिलालाई रक्ताम्य अवस्थामा फेला पारेर उपचारका लागि अस्पताल लगेका थिए । तर अस्पतालमा उनको मृत्यु भयो ।





























प्रतिक्रिया