File Photo

डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ज १८० नम्बरको जीप भागेश्वर गाउँपालिका-४ कुरङायलमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । "/>

डडेलधुरामा जीप दुर्घटना, २ जनाको मृत्यु, १५ घाइते

डडेलधुरामा जीप दुर्घटना, २ जनाको मृत्यु, १५ घाइते

केन्द्रबिन्दु
0
Shares

File Photo

डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ज १८० नम्बरको जीप भागेश्वर गाउँपालिका-४ कुरङायलमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका-२ का २७ वर्षीय धर्मसिंह मडौ र सोही गाउँपालिका-३ का गाडी धनी ४५ दीपेन्द्र शाही रहेका छन् ।

दुर्घटनामा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । जीप सडकभन्दा सय मिटर तल खसेको जनाइएको छ ।

Logo