देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। "/>

प्रधानमन्त्री ओलीका खन्चुवा खेलाडीदेखि देउवाविरुद्ध संघर्षसम्म

प्रधानमन्त्री ओलीका खन्चुवा खेलाडीदेखि देउवाविरुद्ध संघर्षसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

 

नबिल बैंकले छलाङ मार्दा कुन बैंकले कति कमायो नाफा ?

 

वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको प्रगति विवरण सार्वजनिक क्रम जारी छ । अहिलेसम्म सार्वजनिक भएको वित्तीय विवरण अनुसार नबिल बैंकले सर्वाधिक नाफा कमाएको देखिन्छ । हेरौं बैंकहरुले पहिलो त्रैमासिक अवधिमा कमाएको मुनाफा ।

 

सभापति देउवाविरुद्ध दुई शक्तिको दरिलो संघर्ष

 

नेपाली काँग्रेसको महासमिति बैठक नजिकिए सँगै नेतृत्वविरुद्ध संघर्ष शुरु भएको छ । नेतृत्वविरुद्ध एकातिर गुटगत संघर्ष शुरु भएको छ भने अर्काेतिर शक्तिगत संघर्ष शुरु भएको छ । त्यसो त संघर्षरत पात्रहरु फरक भएता पनि उद्देश्य भने उस्तै छ । दुबैको उद्देश्य भनेको नेतृत्व हत्याउने नै हो । दुबै पक्षको प्रहार सभापति देउवाविरुद्ध नै हो ।

 

निर्मला हत्याकाण्डमा नमुना संकलन गरिएका चारैजनाको डीएनए मिलेन

 

निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको शंकास्पद चार जनाको डीएनए म्याच नभएको प्रहरीले जनाएको छ । कात्तिकको दोस्रो साता कञ्चनपुर प्रहरीले शंकास्पद चारजनाको रगत संकलन गरि विधिविज्ञान प्रयोगशाला पठाएको थियो । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा डीएनएको गोप्य रिपोर्ट खोलिएको र त्यो म्याच नभएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए ।

 

टिम ओलीः खन्चुवा खेलाडी, नतिजा शून्य

 

दोस्रो पटक बलियो सरकारको प्रधानमन्त्रीमा शपथ लिएलगत्तै केपी शर्मा ओलीले सानो र कामकाजी निजी सचिवालय बनाउने निर्णय गरे । ओली प्रधानमन्त्री भएपछि केही दिन बालुवाटार र सिंहदवार ओहोरदोहोर गरिरहने ‘पछुवा’ हरु किनारा लागे । ओली प्रधानमन्त्री भएको दुई सातासम्म पनि कुनै जिम्मेवारी नपाएकाहरु सार्वजनिक कार्यक्रममा गएर सचिवालयमा रहिरहेको सन्देश दिन्थे । सचिवालयमा लामो समयसम्म रहेका ईन्द्र भण्डारीदेखि छोटो समयमै ओलीसँग रहेर चुरीफुरी गर्ने अनिश दाहाल, रमेश आचार्य, रमेश भट्टराईसम्म साइड लागे । तर, बालुवाटारमा पुगेर उनीहरुले सचिवालयमा नै रहेको देखाइरहन्थे/देखाइरहन्छन् ।

 

‘नयाँ सूदखोर जन्माउनलाई स्वरोजगार कोष ल्याएको होइन’- बाबुराम भट्टराई

 

के तपाई नेपालको ‘रक गार्डेन’ लिङ्गा घुम्नुभयो ? यसरी पुग्न सकिन्छ

 

 

शनिबारदेखि बेलुनमा उडेर पोखरा घुम्न पाइने

 

अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिँदै

 

पच्पन्न स्थानीय तहले अझै बजेट ल्याउन सकेनन्

 

विवाह समारोहमा कसरी पट्याउने केटी (म्युजिक भिडियो)

 

किन हुन्छ पटक पटक गर्भपात ?

 

एउटा पेन्टिङको मूल्य ९० मिलियन डलर, लिलामीको रेकर्ड नै ब्रेक

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo