बर्ष २०१८ बलिउड अभिनेता र अभिनेत्रीहरुका लागि लक्की सावित भएको छ । यो सालको अन्त्यसँगै केही बलिउड हस्तिहरु विवाह बन्धनमा बाधिने तरर्खरमा छन् ।
२०१७ सालमा अभिनेत्री अनुष्का शर्मा र बिराट कोहोली पनि लामो समयको प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिएका थिए । त्यसै गरि सोनम कपूर र आनन्द आहुजा पनि विवाह बन्धनमा बाँधिए । साथै नेहा धूपिया र अगंद बेदीको विवाह अहिलेसम्म पनि चर्चामा रहेका छन् ।
यो बर्ष बलिउडका दुई टप अभिनेत्री दीपिका पदुकोण र प्रियंका चोपडा पनि विवाह बन्धनमा बाँधिदैछन् । साथै बलिउडका कमेडी किङ पनि यहि वर्ष विवाह गर्दैछन् । गत अगस्ट महिनामा प्रियंका चोपडा र उनको अमेरिकी प्रेमी निक जोनासले पनि इन्गेजमेन्ट गरेर उनको फयानहरुलाई इन्गेजमेन्टको खबर दिएका थिए ।
केही महिनाअघि अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले आफ्नो सामाजिक सञ्जालबाट विवाहको कार्ड सार्वजनिक गर्दै आफूहरु विवाह गर्न लागेको खबर सार्वजनिक गरेका थिए ।
साथै बलिउडका कमेडी किङ कपिल शर्मा पनि आफ्नो ग्रल फ्रेन्ड गिन्नी चतरथसँग विवाह गर्ने भएका छन् । रोचक कुरा त के छ भनि यी बलिउड हस्तिहरुको प्रेम सम्बन्ध खुला किताब झै रहेको छ । त्यसैले पनि उनीहरुका फेयानहरु उनीहरुको विवाहसँग सम्बन्धित कुनै खबर मिस गर्न चाहँदैनन् चाहे त्यो गेस्ट लिस्ट होस्, विवाहको मिति वा विवाहको लोकेशन नै किन नहोस ।





























प्रतिक्रिया