देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। "/>

सरकारी ढुकुटीको दुरुपयोगदेखि जलविद्युत् कम्पनीहरुको बेहालसम्म

सरकारी ढुकुटीको दुरुपयोगदेखि जलविद्युत् कम्पनीहरुको बेहालसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

 

सरकारले व्यक्तिलाई बाँड्यो तीन महिनामा सवा २ करोड रुपैँया

 

सरकारले पछिल्लो तीन महिनामा विभिन्न व्यक्तिलाई सवा २ करोड रुपैंया वितरण गरेको खुलेको छ । गत साउन १० गतेदेखि असोज २१ गतेसम्म विभिन्न समयमा बसेको मन्त्रिपरिषद्को बैठकहरुमा २ करोड १७ लाख ९ सय ८५ रुपैंया वितरण गर्ने निर्णय भएको हो । आर्थिक सहायता पाउनेमा पूर्वमन्त्री, कर्मचारीदेखि सर्वसाधारणहरु समेत रहेका छन् । ठूलो रकमको सहायता पाउनेमा पूर्वमन्त्री, नेता तथा उच्च उपदस्थ कर्मचारीका आफन्त र कर्मचारीहरु रहेका छन् । गत साउन २० गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार पूर्वमन्त्री रामकृष्ण ताम्राकारलाई १५ लाख रुपैयाँ दिने निर्णय भएको छ । त्यस्तै साउन २९ गते बसेको बैठकले पूर्वमन्त्री पूर्णकुमार शेर्पा लिम्बुलाई १० लाख रुपैंया दिने निर्णय गरेको छ ।

 

निर्मलाका बुवा भन्छन्, ‘मलाई न्याय नदिने भए नागरिकता खोसेर भारत पठाईदिए हुन्छ’

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १ सय १३ दिन वितिसकेको छ । छोरीको हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै बाबु यज्ञराज पन्तसहित सपरिवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् । छोरीका हत्यारा पत्ता लगाएर कारवाही नहुँदासम्म आफुहरु धर्नामा बस्ने अडान उनीहरुको छ । प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ । अहिलेसम्म घटनामा कुनै प्रमाण फेला नपरेको भन्दै प्रहरीले विभिन्न व्यक्तिको डिएनए परीक्षण गर्दै आईरहेको छ ।

 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सातामा एक दिन पत्रकार सम्मेलन

 

मन्त्रिपरिषद्को निर्णयहरु अबदेखि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने भएको छ । सरकारले सूचना लुकाएको भन्दै चौतर्फी बिरोध भएपछि सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलन गरि गत आइतबार बसेको बैठकका निर्णयहरु सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

 

सहुलियत ऋण लिन बैंकहरुको आग्रह, कुन ऋण लिन के व्यवस्था ?

 

सरकारले कार्यान्वयनमा ल्याएको सहुलियत कर्जा योजना जारी गर्न बैंक तथा वित्तीय संस्थाहरु अग्रसर भएका छन् । बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोशियसन नेपाल र नेपाल वित्तीय संस्था संघले आज संयुक्त रुपमा सूचना प्रकाशन गर्दै कर्जा लिन आउन आग्रह गरेको हो । सूचनामा सरकारले जारी गरेको ७ प्रकारको कर्जा उपलब्ध हुने जनाएको छ। सरकारले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि बनाएर प्रक्रिया अघि बढाएको थियो। यस्तो कर्जाको समयावधि ५ बर्षको हुनेछ ।

 

१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने सार्वजनिक

 

बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको छ। उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एल्जिना खड्काको गत शनिबार हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको स्थानीयवासी १४ वर्षीय बहादुर राई (नाम परिवर्तन) र १७ वर्षीय विपललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

 

जलविद्युत् कम्पनीहरुको शेयर मूल्य आइपीओको भन्दा पनि थोरै !

 

कुनै समय जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्न पाउनु गौरवको कुरा हुन्थ्यो ।  तर हिजो आज जलविद्युत् कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुको हालत नाजुक छ  । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य रु २०० माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् ।

 

कांग्रेसले शनिवार केन्द्रीय कार्य समिति बैठक बोलायो

 

नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो २ बजेका लागि बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा नेपाल विद्यार्थी संघको विवाद, पार्टीको आन्तरिक विभिन्न विषयमा छलफल हुनेछ । नेवि संघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल सकिएपछि मंसिर २ गतेसम्म महाधिवेशन गर्न भनिएको थियो । तर, यो पटक पनि अधिवेशन हुन सकेन ।

 

श्रीलंकाको संसदमा लछारपछार र कुटपिट (फोटोफिचर)

 

श्रीलंकामा केही दिनदेखि जारी संघर्ष संसद भवनभित्र प्रवेश भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा पक्ष र विपक्षका सांसदहरुबीच कुटपिट भएको हो। बुधबार संसदले महेन्द्र राजपक्ष सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको थियो । आजको संसद बैठकमा सभामुख करु जयसूर्याले देशमा सरकार नभएको बताएका थिए।  

 

प्रधानमन्त्रीलाई गगन थापाको यस्तो आरोप

 

स्थानीयवासीले किन बन्द गरे कलंकी–सोल्टीमोड सडकखण्ड ? (भिडियोसहित)

 

‘मुन्द्रेको कमेडी क्लब’ बारे के भन्छन् जितु नेपाल ? (भिडियो कुराकानी )

 

सबै कलाकारले मागेर खाएका छैनन्ः शंकर बिसी (भिडियोसहित)

 

नेपाल राष्ट्र बैंकमा ११४ जनालाई रोजगारीको अवसर

 

रसियामा गयो शक्तिशाली भूकम्प,जनजीवन तहसनहस

 

लगातार ८ घण्टा परीक्षा, पुरै देश बन्द !

 

दिशा पटानीको ‘जाडो भगाउने’ हट अवतार, भयो भाइरल

 

महिलाको पेटबाट निकालियो डेढ किलो धातु

 

गर्भनिरोधक चक्कीको प्रयोग गर्दा गर्दै पनि किन हुन्छ गर्भधारण ?

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo